एमाले गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा कार्की, यी हुन निर्वाचित पदाधिकारी (नामसहित)



९ कात्तिक, रामेछाप ।
नेकपा एमाले गोकुलगंगा गाउँ कमिटीको अधिवेशनबाट अध्यक्षमा दिपक कार्की चयन भएका छन् । आज सम्पन्न अधिवेशने कार्कीलाई अध्यक्षमा चयन गरेको हो । गोकुलगंगा गाउँ कमिटीको उपाध्यक्षमा लोक कुमारी गुभाजु, सचिवमा तेम्बा शेर्पा, उपसचिवद्धयमा सचिन कार्की र मोहन खड्का चयन भएका छन् । त्यसैगरी अधिवेशनले गाउँ कमिटीका सदस्यहरुको पनि चयन गरेको छ । यसअघि एमालेका अध्यक्ष रहेका गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले भने नेतृत्व हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्