सालकको खपटासहित पक्राउ परेका रामछापका दुई जना जेल चलान



१२ कात्तिक, रामेछााप ।
संरक्षित बन्यजन्तु सालकको खपटासहित रामेछापको सदरमुकाम मन्थलीबाट पक्राउ परेका दुई जना जेल चलान भएका छन् । गत भदौ ३१ गते केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको संयुक्त टोलीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका लिखुतामाकोसी गाउँपालिका–३ बस्ने ३८ बर्षका सोनाम तामाङ र ३२ बर्षका ध्यान बहादुर तामाङलाई जिल्ला अदालत रामेछापले पुर्पक्षको लागि जेल चलान गर्ने फैसला गरेको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला बन कार्यालय रामेछाप पठाइएको थियो । बन कार्यालय रामेछापले अनुसन्धान सम्पन्न भए पश्चात् कारवााहीको लागि जिल्ला अदालत रामेछापमा पेश गरिएको थियो । उक्त मुद्दामाथि सुनुवाई गर्दै विहिवार जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि कारागार चलान गर्ने फैसला सुनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्