रामेछापमा तीन महिनामा १७ सय लिए राहदानी



१५ कात्तिक, रामेछाप ।
वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै रामेछापमा पनि राहदानी बनाउनको संख्या बढेको छ । कोरोनाको कारण केही समय रोकिएको राहदानी बनाउने क्रम पुनः बढेको हो । रामेछाप जिल्लामा तीन महिनाको अवधिमा मात्र १७ सय १५ जनाल राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार ६०९ वटा राहदानी जिल्ला प्रशासन कार्यालयबाटै वितरण भएको छ भने १४ सय ५० जनाले राहदानी बनाउनको लागि सिफारिस गरिइएको छ । गत आर्थिक बर्षमा मात्र रामेछापमा ४ हजार २ सय ७३ जनाले जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत राहदानी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्