विद्युत आपूर्तिमा देखिएकाे समस्याकाे समाधान गर्न चितवन पुगे कुलमान



१७ कात्तिक, काठमाडौं ।
तिहारको मुखैमै चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या परेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्थलगत अवलोकन गर्न चितवन पुगेका छन् । मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द भएसँगै छिटो सञ्चालनमा ल्याउन सकिने विषयमा प्राविधिकहरुसँग परामर्श गर्न घिसिङ चितवन पुगेका हुन् ।


भरतपुर महानगरपालिकास्थित १३२÷११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका–१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।

विद्युत आपूर्ति सुचारु गराउनका लागि प्राविधिकहरुले काम गरिरहेपनि ढिलाइ भएपछि घिसिङ आफैं बुधबार मध्यान्ह भरतपुर पुगेका हुन् । छिटो विद्युत आपूर्तिको व्यवस्था गर्न पहल भइरहेको घिसिङले जानकारी दिए । उनले भने,‘प्राविधिक समस्या हो, कहाँ कति बेला आउन भन्न सकिन्न, तर हामी छिटो भन्दा छिटो विद्युत आपूर्ति गर्न लागि परेका छौं ।’ उनले काम गरिरहेका प्राविधिहरुलाई हौसला प्रदान गर्दै तिहारको समयमा कुनै पनि हालतमा बिजुली दिएर नागरिकलाई खुसी दिनु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्