रामेछापको गुम्देलमा हेर्दाहेदै घिमिरेको घर क्षणभरमै खरानी भो (फोटोफिचर)



२२ कात्तिक, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देल स्थित बाल्देनका ५० बर्षिय योग प्रसाद घिमिरेको घर जलेर नष्ट भएको छ । आज दिउसो करिब एक बजे घरमा कोही नभएको बेला एक्कासी घरमा आगलागी हुँदा घिमिरेको एक तले कच्ची घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागी भएको थाहा हुनासाथ छिमेकीले निभाउन कोशिस गरेपनि सफल हुन सकेन । आगलागीबाट मानविय क्षति नभए पनि घर भने हेर्दाहेदै क्षणभरमै खरानीमा परिणत भएको थियो ।

घरमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा आएपनि घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पीडित पक्षले गराएको जानकारी अनुसार आगलागीमा परी चार लाख पचास हजार नगद, साढे तीन तोला सुन एक तोला चाँदी र करिब पाँच पुरी अन्न नष्ट भएको छ । आगलागी के कारणले भयो भन्ने अझै खुल्न नसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्