करेन्ट लागेर रामेछापका लामाको मृत्यु



२२ कात्तिक, रामेछाप ।
करेन्ट लागेर रामेछापका एक युवकको मृत्यु भएको छ । रामेछापकपो मन्थली नगरपालिका घर भइ हाल काठमाडौं गोकर्णेश्‍वर नगरपालिका–३ सुन्ताखान बस्ने मन्थली घर भएका १९ वर्षीय रंजित शेर्पा लामाको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार टनेलमा पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि मेडिकेयर अस्पताल चाबहिलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्