एमाले रामेछापबाट १८ जना महाधिवेशन प्रतिनिधि छानिने, पौडेललाई तोकियो चुनाव गराउने जिम्मेवारी



२३ कात्तिक, रामेछाप ।
नेकपा एमाले रामेछापले यही कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोट गर्नको लागि पुष्पराज पौडेललाई रामेछापको प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । एमाले निर्वाचन भएको अवस्थामा आठ वटैं स्थानीय तहमा निर्वाचन मार्फत केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन गराउन पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

सकेसम्म सहमतिबाटै प्रतिनिधि चयन हुने र यदी सहमति निर्माण हुन नसकेको अवस्थामा चुनाव मार्फत प्रतिनिधि चयन गर्ने तयारी एमालेले गरेको छ । चुनाव भएको अवस्थामा प्रमुख निर्वाचन अधिकृत पौडेलले आठ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेर चुनाव गराउने अधिकार दिइएको छ । रामेछापबाट एमालेका करिब १८ जना महाधिवेशन प्रतिनिधि छनोट हुने छन् । जसमा ३३ प्रतिशत महिला अनिवार्य गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्