एमाले रामेछापबाट १९ जना महाधिवेशन प्रतिनिधि छान्न ९ नेतालाई जिम्मा



२३ कात्तिक, रामेछाप ।
नेकपा एमाले रामेछापले सहमतिबाटै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रिया अगाडि बढाएको छ । एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेलले निर्वाचन भन्दा सहमतिबाटै महाधिवेशन प्रतिनिधि चयन गर्नुपर्ने अडान राख्दै जिल्ला अध्यक्ष शान्ति पौडेलको संयोजकत्वमा नौ सदस्यीय समन्वय कार्यदल गठन भएको हो । उक्त कार्यदलले १२ हजार ६ सय ६२ जना संगठित सदस्यहरुबाट १९ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।
कार्यदलको सदस्यहरुमा रत्न गौतम, आनन्न श्रेष्ठ, ज्ञान कुमार श्रेष्ठ, लव श्रेष्ठ, भोजराज कडरिया, गंगा कार्की, माया कार्की, ज्ञान कुमार योञ्जन रहेका छन् । कार्यदलले भूगोल पार्टी सदस्यता र समावेशीलाई ध्यान दिएर केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्