इन्डक्सन चुल्होमा सहुलियतको कार्यक्रम ल्याउछौ: कुलमान घिसिङ



२६ कात्तिक, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युतको खपत बढाउन इन्डक्सन चुल्हो र इलेक्ट्रिक गाडी अभियान चलाइने बताएका छन् । शउनले इन्डक्सन चुल्हो र इलेक्ट्रिक गाडीमा सहुलियतका कार्यक्रम सञ्चालन हुने बताएका हुन् ।

निब घर–घरमा इन्डक्सन चुलो र सडकमा इलेक्ट्रिक गाडी गुडाउने अभियानमा प्राधिकरणले काम गरिरहेको छ । विद्युतको आन्तरिक खपत बढाउन उपभोक्ताका घरमा विद्युत क्षमता बढाउने र ठाउँ–ठाउँमा चार्जिङ स्टेशन बनाउने काम भइरहेको छछ, उनले भने । घिसिङले उपभोक्ताहरुले आफ्नो घरमा विद्युतीय क्षमता बढाउन चाहेमा आवेदन दिएको एक महिनाभित्र स्थानीय कार्यालयमार्फत निःशुल्क क्षमता बढाइदिने काम थालिएको बताए ।

शआज बुुटवल मा आयोाजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले यसवर्ष मंसिर अन्तिम साता वा पुसबाट केही विद्युत आयात गर्नु परेपनि आगामी वर्षदेखि सुख्खा मौसममा पनि विद्युत आयात गर्न नपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्