पर्यटन मन्त्री प्रेम आले कात्तिक ३० गते रामेछाप आउने, नेकपा एकीकृत समाजवादीले थाल्यो तयारी
२८ कात्तिक, रामेछाप ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आले रामेछाप आउने भएका छन् । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका मन्त्री आले रामेछाप आउने कार्यक्रम तय भएको हो । नेकपा एकीकृत समाजवादी रामेछापका इन्चार्ज देवशकंर पौडेलले यही कात्तिक ३० गते रामेछाप गाल्वा बजारमा हुने आमसभालाई सम्बोधन गर्न मन्त्री आले आउने तय भएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार आमसभामा रामेछापका नेता कार्यकर्ता सहभागी हुनेछन् ।
इन्चार्ज पौडेलले रामेछापमा आफूहरुको पार्टीप्रति आकर्षण बढदै क्रममा रहेको बताउदै संगठन बलियो बनाउनको लागि जिल्लाभर संगठन विस्तारको काम भइरहेको बताए । नेकपा (एस)ले सुनापति दोरम्बा र खाँडादेवी गाउँपालिकाको केन्द्र रहेको गाल्वा बजारमा पहिलो पटक ठूलो आमसभा आयोजना गर्न लागेको हो ।