रामेछापको गाल्वामा पर्यटन मन्त्री आले आउने भएपछि सिंगारियो बजार क्षेत्र (फोटोफिचर)



२९ कात्तिक, रामेछाप ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आले रामेछापको गाल्वामा भोली हुने कार्यक्रममा सहभागी हुन आउने कार्यक्रम तय भएसँगै बजार क्षेत्र ध्वाजा पतकाले सिंगारिएको छ । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका मन्त्री आले आउने भएपछि नेकपा एकीकृत समाजवादी रामेछापले तयारी पूरा भएको बताएको छ । मन्त्रीको स्वागतको लागि रामेछाप र सिन्धुलीको सीमाना खैरेनीघाटदेखि गाल्वासम्म ठाउँठाउँमा ब्यानर राखिएको छ । भोली हुने आमसभालाई मन्त्री आलेसँगै नेकपा एकीकृत समाजवादी रामेछापका इन्चार्ज देवशकंर पौडेल, नेता होम बुढाथोकी लगायतका
नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । मन्त्री आलेबाट भोली नेकपा एकीकृत खाँडादेवी गाउँकमिटी–७ को वडा अधिवेशनको समेत उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्