बन्दले रामेछापको मन्थली सुनसान (फोटोफिचर)
३० कात्तिक, रामेछाप ।
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेको बन्दको कारण रामेछापको सदरमुकाम मन्थलीसहित जिल्लाका अधिकाशं क्षेत्रमा सवारी साधन निकै न्यून मात्र सञ्चालन भएको छ । बजार क्षेत्रको पसल खुलेपनि आज बिहानैबाट सवारी साधन भने सञ्चालन हुन सकिरहेको छैन् । जिल्ला प्रहरी कार्यालय रामेछापले आज बिहानबाटै सवारी साधन निकै न्युन मात्रामा सञ्चालन भएको बताएको छ । जिल्लाभित्र बन्द कर्ता नभए पनि सवारी साधन भने सञ्चालन हुन सकिरहेको छैन् । यसअघि रामेछापभित्रबाट करिब दैनिक रुपमा चार सय भन्दा बढी बाहिरिने र भित्र्ने गरेका थिए ।