केन्द्रीय सदस्यमा उम्मेदवारी दिने प्रेम बहादुर तामाङको घोषणा



३० कात्तिक, रामेछाप ।
नेकपा एमाले रामेछापका उपाध्यक्ष एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले आगामी दसौ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । उनले आफूले जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् । अध्यक्ष तामाङले रामेछाप न्युजसँग भने,‘लामो समय पार्टीको राजनीतिमा सक्रिय हुँदै आएको छु, यस पटक जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन्छु ।’ तामाङ एमाले रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्