कांग्रेस रामेछापको जिल्ला कार्यसमितिको सदस्यमा ६ जना थपिए



३ मंसिर, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले ६ जनालाई जिल्ला कार्य समितिको सदस्यमा मनोनित गरेका छन् । उनले विधान बमोजिम ६ जनालाई जिल्ला कार्य समितिको सदस्य पदमा मनोनित गरेका हुन् । आज बसेको जिल्ला पदाधिकारीको पहिलो बैठकले धुब्र लामा, सुरेश सुवेदी, जिततबहादुर कटुवाल, दिपेन्द्र खड्का, नारायण बहादेर बोगटी र चिना खड्कालाई जिल्ला कार्यसमितिको सदस्यमा मनोनित गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्