माओवादीको वडा अधिवेशनः खनियापानी वडा कमिटीको अध्यक्षमा ढुंगाना निर्वाचित



३ मंसिर, रामेछाप ।
नेकपा माओवादी सुनापति गाउँपालिका–५ खनियापानीको वडा कमिटीको अधिवेशनबाट राजकुमार ढुंगाना सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको प्रथम वडा अधिवेशनबाट ढुंगानाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन भएको हो । वडा कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा तिलक मानन्धर , सचिवमा जयराम मानन्धर सह–सचिव सन्जिव केसी र कोषाध्यक्षमा किरण मानन्धरसहित २९ जनाको कमिटी चयन भएको माओवादीका नेता ईलक तामाङले जानकारी दिए ।

उनका अनुसार आज वडा अधिवेशन कार्यक्रममा एमाले र नेपाली कांग्रेस पार्टी परित्याग गरेर एक सय जना भन्दा बढी नेता कार्यकर्ता माओवादी प्रवेश गरेका छन् । एमालेबाट निर्वाचित तत्कालिन गाविस उपाध्यक्ष पदम बहादुर तामाङ माओवादीमा प्रवेश गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसबाट कान्छीमाया मानन्धर, नवराज लामिछाने , रामहरि,राजु पुलामी, जगत बहादुर तामाङ, सलाम सिंह तामाङ लगायत एक सय पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्