एमालेको दसौ महाधिवेशनमा रामेछापबाट २४ जना महाधिवेशन प्रतिनिधि सहभागी



१० मंसिर, चितवन ।
नेकपा एमालेको दशौ महाधिवेशनमा रामेछापबाट २४ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । रामेछाप जिल्लाको आठ स्थानीय तहबाट १९ महाधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका थिए ।

भूगोलबाट १९ जना सहभागी भएका छन् । त्यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कैलाश ढुंगेल केन्द्रीय सदस्यद्धय माधव ढुंगेल र कमल चौलागाई स्वतः महाधिवेशन प्रतिनिधिमा चयन भएका छन । त्यसैगरी रामेछापबाट सम्पर्क समन्वयबाट १ जना र मजदुर संगठनबाट १ जना गरी जम्मा २४ जना महाधिवेशन प्रतिनिधि सभागी भएको एमाले जिल्ला इन्चार्ज कैलाश ढुंगेलले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्