नेकपा एकीकृत समाजवादी सुनापति गाउँकमिटीको अध्यक्षमा घिमिरे चयन



१० मंसिर, रामेछाप । नेकपा एकीकृत समाजवादीले सुनापति गाउँ कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । आज सम्पन्न गाउँ कमिटीको भेलाले दुर्गा बहादुर घिमिरेको अध्यक्षमा ३५ सदस्यीय गाउँ कमिटी घोषणा गरेको हो ।

कमिटीको उपाध्यक्षमा दिवश थापामगर, सचिवमा हिमाल ग्यापक उपसचिवमा नालबहादुर ग्यापक लगायत रहेका छन् । गाउँ कमिटीको भेलाको नेकपा एकीकृत समाजवादीका नेता एवं स्वास्थ्य मन्त्री विरोध खतिवडाले उदघाटन गरेका थिए । उक्त कार्यक्रममा जिल्ला इन्चार्ज देवशकंर पौडेल, नेता होम बहादुर बुढाथोकी, नेकपा (एस) रामेछापका जिल्ला अध्यक्ष एवं मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेत लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्