माओवादी सुनापति गाउँ कमिटीको अध्यक्षमा तामाङ निर्वाचित



११ मंसिर, रामेछाप ।
नेकपा माओवादी केन्द्र सुनापति गाउँ कमिटीको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज सुनापति गाउँपालिकाको केन्द्र सादीडाँडामा भएको गाउँ कमिटीको अधिवेशनले ठूलोकान्छा तामाङलाई अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले बिबी तामाङ, विकास दोङ र चण्डेश्वर चौलागाई उपाध्यक्षमा चयन गरेको छ । सचिवमा रामकृष्ण घिसिङ, सहसचिवमा होमराज खपाङगी मगर र कोषाध्क्षमा बाबुराम तामाङ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्