माओवादी मन्थली नगर कमिटीको अध्यक्षमा बोहोरा निर्वाचित
११ मंसिर, रामेछाप ।
नेकपा माओवादी केन्द्र मन्थली नगर कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कंकर बोहोरा निर्मलको अध्यक्षमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । आज मन्थलीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षहरुमा दिपकराज प्रसाई, भक्त बहादुर बलम्पाकी र नारायणदास श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सचिवमा रामबहादुर तामाङ, सहसचिवमा निलकण्ठ श्रेष्ठ र कोषाध्यक्षमा सावित्रा घिमिरे काफ्लेसहित ६५ सदस्यीय नगर कार्यसमिति चयन गरेको छ । निर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई नेकपा माओवादीका नेता एवं रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले बधाई एवं प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।