रामेछापमा बाटो ढुकेर बालिकालाई बलात्कार गरेको आरोपमा कार्की पक्राउ
१५ मंसिर, रामेछाप ।
सरकारले महिला हिंसाको विरुद्ध १६ दिने अभियान सञ्चालन गरिरहेको बेला रामेछापमा भने एक बालिका बलत्कृत भएकी छिन् । रामेछाप नगरपालिका–१ गोठगाउँमा १५ बर्षिय एक बालिका बलत्कृत भएकी हुन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियानमा रामेछाप नगरपालिका–१ खुर्पातीका ३२ बर्षिय नवराज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
यही मंसिर ९ गते बेलुकी गोठगाउँ स्थित बाँसघारीमा बाटो ढुकेर बालिकालाई डर त्रास देखाएर जबरजस्ती करणी गरेको उजुरी पीडित बालिकाले प्रहरी समक्ष दिएकी थिएन । पीडित परिवारले दिएको उजुरीको आधारमा हिजो बेलुकी रामेछाप नगरपालिकाको वडा नम्बर १ वडा कार्यालय नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार पक्राउ गरेका कार्कीलाई पाँच दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।