राखेपका सदस्य सचिव घिसिङको स्वकीय सचिवमा रामेछापका गोले नियुक्त



१७ मंसिर, काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ ‘टलक’को स्वकीय सचिवमा रामेछापका गंगालाल गोले नियुक्त भएका छन् । सदस्य सचिव घिसिङले विद्यार्थी नेता गोलेलाई स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको पूर्व स्ववियु सभापति, क्रान्तिकारी स्वबियु काउन्सिलको केन्द्रिय सदस्य, अखिल क्रान्तिकारी रामेछापको पूर्व सचिव र हाल मन्थली क्याम्पस सञ्चालनक समितिको सदस्य एवं नेकपा मन्थली नगर कमिटीको सदस्य रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्