एमालेको स्थायी कमिटी सदस्यमा कैलाश ढुंगेलको चर्चा



२० मंसिर, काठमाडौं ।
नेकपा एमालेले पदाधिकारी बाहेक स्थायी कमिटी र पोलिटब्यूरो सदस्यहरुको नाम टुंगो लगाउन गृहकार्य सुरु गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र पोलिटब्यूरो सदस्य चयन गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।

एमालेको स्थायी कमिटीमा पर्ने सम्भावित नामहरूमा घनश्याम भुसाल, किरण गुरुङ, रघुजी पन्त, मणि थापा, भानुभक्त ढकाल, खगराज अधिकारी र विन्दा पाण्डे छन् । त्यसैगरी थममाया थापा, यामलाल कँडेल, प्रभु साह, विशाल भट्टराई देवराज घिमिरे, गुरु बराल, शेरधन राई, कृष्ण गोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, राजन भट्टराई र बैजनाथ चौधरी पनि स्थायी कमिटीमा पर्न सक्ने सम्भावित नाम हुन् । त्यसैगरी कैलाश ढुंगेल, गोकुल बाँस्कोटा, महेश बस्नेत, कर्ण थापा, अरुण नेपाल, शिवमाया तुम्बाहाङ्फे, काशीनाथ अधिकारी, परशुराम मेघी गुरुङ, अग्नि खरेल मध्येबाट स्थायी कमिटीमा लैजान तयारी अध्यक्ष ओलीले गरेको बताइएको छ ।

यस विषयमा जिज्ञासा राख्दा केन्द्रीय सदस्य ढुंगेलले पार्टी स्थायी कमिटीको सदस्य बन्नको लागि आफ्नो योग्यता पुगेको रामेछाप न्युजलाई प्रतिक्रिया दिए । बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका नेता ढुगेलले स्थायी कमिटीको सदस्य बनाउने विषयमा नेतृत्वले विचार गर्ने अपेक्षा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्