घाँटी थिचेर श्रीमतीको हत्या गर्ने रामेछापका भुजेल पक्राउ



२० मंसिर, काठमाडौं ।
घरायसी विवादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । प्रहरीले फ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका–१० कुपण्डोल डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेललाई पक्राउ गरेको हो ।
उनकी श्रीमती ३५ वर्षीया जानुका भुजेल आफ्नै कोठामा मंसिर १६ गते मृत अवस्थामा फेला परेकी थिइन । मृत भेटिकीको भुजेलको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा एक्काराजले घाँटीमा कपडाले कसी हत्या गरेको खुलेको थियो । सोही लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ परेका भुजेलमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्