कांग्रेस बागमती प्रदेशको कार्यसमिति सदस्यमा रामेछापबाट ६ जना निर्वाचित



२२ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको बागमती प्रदेशको कार्यसमितिको सदस्यमा रामेछापबाट ६ जना निर्वाचित भएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनमा यसअघि रामेछापबाट निर्वाचित अर्जुन केसी पार्टीको बागमती प्रदेश कार्यसमिती सदस्यमा निर्वाचित भएका छन् ।

रामेछापबाट भिमसेन वस्नेत, उज्जलराम घिमिरे खुल्लातर्फबाट सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी भूगोलतर्फ जितबहादुर थापामगर, भूगोल महिलातर्फ कल्पना खड्का र दलिततर्फबाट बल बहादुर दमाई प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्