यी हुने कांग्रेसका महाधिवेशनमा सहभागी रामेछापका २७ प्रतिनिधिहरु (नामसहित)



२३ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसको भोलीबाट सुरु हुने १४ औं महाधिवेशनमा रामेछापबाट २७ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी भएका छन् । रामेछापबाट पार्टी निर्धारण गरेको मापदण्ड अनुसार महिला, पुरुष, जनजाति दलित, अपाङकता भएका व्यक्तिहरुको प्रतिनिधित्व रहेको छ ।

नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्ण बहादुर तामाङदेखि पूव सांसद र पूर्व जिल्ला सभापतिहरु केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी भएका छन् । केन्द्रमा देखिएको गुटबन्दीसँगै महाधिवेशनमा सहभागी प्रतिनिधिहरु पनि विभाजित बन्न पुगेका छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल समुह, प्रकाशमान सिंह समुह र कृष्ण प्रसाद सिटौला समुहमा महाधिवेशन प्रतिनिधिहरु विभाजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्