रामेछापकी विनिता खड्का कान्छी केन्द्रीय सदस्य बन्न चुनावी मैदानमा



२४ मंसिर, रामेछाप ।
रामेछापबाट महाधिवेशन प्रतिनिधि बनेकी विनिता खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । २६ बर्षिय खड्काले कांग्रेसको १४ औं महाधिवेशनमा खस आर्यतर्फको महिला कोटाबाट उम्मेदवारी दिने बताएकी हुन् । उनी सम्भवतः कांग्रेस केन्द्रीय कार्य समिति सदस्यमा उम्मेदवारी दिने कान्छी उम्मेदवार हुन ।

रामेछाप सुनापति गाउँपालिका–५ खनियापानीकी खड्का २०७४ सालको स्थानीय तहको निर्वाचनमा रामेछापको नापति गाउँपालिकाबाट उपाध्यक्ष उम्मेदवार बनेर पराजित भएकी थिइन ।१३ औं महाधिवेशनमा २० वर्षको उमेरमै सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधि बनेकी खड्का दोस्रोपटक आउँदा सबैभन्दा कान्छी केन्द्रीय सदस्य बन्ने गरि उम्मेदवारी घोषणा गरेकी छिन् ।

विद्यालय तहदेखिनै नेविसंघबााट राजनीति थालेकी खड्का रामेछापबाट छोटो समयमा नै पार्टीको राजनीतिमा फड्को मार्ने नेतृत्वको रुपमा चिनिदै आएकी छिन् । रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र पौडेल समुहबाट खड्काले महाधिवेशन प्रतिनिधि जितेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्