कांग्रेसको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जनाले गराए उम्मेदवारी दर्ता



२५ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा रामेछापबाट तीन जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका तीन जनाले आज केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

रामेछापबाट संविधासभाका सदस्य समेत रहेका कांग्रेस नेता आङटावा शेर्पा (जनजाति तर्फ), नेविसंघका पूर्व उपसभापति एवं गत प्रदेशसभा निर्वाचनमा रामेछाप ‘क’का प्रत्यासी रत्न कार्की (खस आर्य पुरुषतर्फ) र विनिता खड्काले (खस आर्य महिलातर्फ) बाट उम्मेदवारी दिएका छन् । यसैबीच कांग्रेसको १३४ जना केन्द्रीय सदस्यको लागि आज ५४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।कांग्रेसको महाधिवेशनमा रामेछापबाट २७ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्