एमाले रामेछापको जिल्ला अधिवेशन पुस २३ मा हुने, को बन्ला अध्यक्ष ?



२५ मंसिर, काठमाडौं ।
नेकपा एमालेले जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेको छ । भक्तपुरमा आज बसेको केन्द्रीय कमिटी बैठकले जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय गरेको हो । एमालेले बैठकबाट स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्नेछ । बैठकले सबै जनवर्गीय संगठनहरुले फागुन मसान्तसम्म अनिवार्य अधिवेशन गर्नुपर्ने निर्णय पनि गरेको छ । एमालेमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ जनाको पोलिटब्युरो गर्ने भएको छ ।

यसैबीच एमाले रामेछापमा आगामी अध्यक्ष को हुने भन्ने बहस सुरु भएको छ । अहिले अध्यक्ष रहेका शान्ति पौडेलले अध्यक्षमा नदोरिने बताउने गरेका छन् । अहिले जिल्ला सचिव रहेका आनन्द श्रेष्ठलाई नै अध्यक्षको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्