सुमोको ठक्करबाट घाइते मोटरसाइक चालक रामेछापका वर्देवाको मृत्यु



२९ मंसिर, रामेछाप ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ बलुवास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा रामेछापका एक युवकको मृत्यु भएको छ । मंगलवार बा .प्र. ०२(०३० प ८६५६ नम्बरको मोटरसाइकल र ना.१ ज ६२६४ नम्बरको सुमो मंगलवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका–१३ फुलासी बस्ने ३५ वर्षीय रोशन बर्देवाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुवै सवारी साधन एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप मन्थली नगरपालिका–१३ फुलासी बस्ने २० वर्षीया मन्जु मगरको सोही अस्पतालमा उपचार भइरहेको छ । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्