रामेछापमा औषधी सुघाएर लुटपाट गर्न खोज्ने गिरोहका दुई जना पक्राउ
३ पुस, रामेछाप ।
रामेछापमा औषधी सुघाएर लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरील पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–४ जोगिडाँडा भिमसेनस्थाका पुष्कर योगीको घरमा औषध िसुघाएर लुटपाट गर्न खोज्ने गिरोहका दुई जना पक्राउ परेका हुन् । उक्त समुहले हातमा मेडिकल पञ्जा मुख र टाउको दुवै छोपेरको अवस्थामा लुटपाट गर्न खोज्ने क्रममा योगीको परिवारले प्रतिवाद गरेको थियो । उक्त परिवारले दिएको सूचनापछि जिल्ला प्रहरी कार्यालय रामेछापले टोली परिचालन गरेको थियो ।
लुटपाटको प्रयास असफल भएपछि भाग्ने क्रममा मन्थली नगरपालिका–६ सेलेघाटबाट मन्थली नगरपालिका–९ का २२ बर्षिय रुपेश पुलामी र दोलखा वैतेश्वर गाउँपालिका–७ का २१ बर्षिय सुमन खड्कालाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनाले लुटपाटमा आफूहरु संलग्न भएको बयान प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट दस दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।