कुलमान घिसिङ ‘उत्कृष्ठ राष्ट्रसेवक अर्वाड’बाट सम्मानित
३ पुस, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मानित भएका छन् । उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पु¥याई अतुलनीय योगदान गरेको भन्दै घिसिङलाई सम्मान गरिएको हो ।
लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले बताएको छ । फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारीले नेपालमा पनि केही गर्न सकिन्छ र त्यसका लागि सकारात्मक पहल र प्रयत्न जरुरी रहन्छ भन्ने मानक स्थापित गरेकाले कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरिएको जानकारी दिए ।
कार्यक्रममा गायिका आनी छोइङ, कलाकार पल शाह, हृदयरोग विशेषज्ञ कमल लम्साल, सांस्कृतिक संरक्षण अभियन्ता रविन्द्र पुरी, पत्रकार खेम बम र बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई राज्यमन्त्री उमेश श्रेष्ठले सम्मान गरेका थिए ।