रामेछापमा कांग्रेसलाई पहिलो पार्टी बनाउछुः सभापति कान्छाराम



४ पुस, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका पार्टी सभापति पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले जिल्लामा पार्टीलाई एक नम्बरको बनाउने अभियान सुरु गरिएको बताए । उनले जिल्लाको ६४ वटै वडामा पार्टी कार्यालय स्थापना गर्ने अभियान सुरु भएको बताउदै संगठनलाई बलियो बनाउन टोलटोलमा अभियान चलाउने बताएका हुन् ।
रामेछाप न्युजसँग कुराकानी गर्दै सभापति तामाङले भने,‘गाउँगाउँमा कांग्रेसप्रति आकर्षण बढदो छ, आगामी तीन वटै तहको निर्वाचनमा जिल्लामा पार्टीलाई एक नम्बर बनाउने अभियानमा जुटेका छौं ।’ पार्टीलाई थप सुदृढ गरेर बढने नीति अनुसार सबै वडामा अभियान चलाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्