रामेछाप निवासी श्रेष्ठको इन्द्रेणी फुडल्याण्डमा भिषण आगलागी



५ पुस, काठमाडौं ।

राजधानीको बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा भिषण आगलागी भएको छ । सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएपछि अहिले दमकल मार्फत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । फुडल्याण्डको जीमहलमा विद्युत सर्ट भएर आगलागी प्रहरीले बताएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार फुडल्याण्डको जीमहलमा आगो लागेको हो । अहिले आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका अनुसार इन्द्रेणी ग्रुपले संचालन गरेको इन्द्रणी स्विट्स होटलमा जीमहलसँगै बेभ लाउन्ज पनि संचालनमा छ ।
कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले आगलागी नियन्त्रणको प्रयास भइरहेको बताए । आगो कसरी लाग्यो भन्ने खुलेको छैन । आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने उनले बताए ।
रामेछाप खाँडादेवी गाउँपालिका निवासी शम्भु श्रेष्ठले इन्द्रीणी फुडल्याण्ड सञ्चालनमा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्