लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दाहालसहित बोहोरा र कार्की निर्दाेष ठहर



५ पुस, काठमाडौं ।
लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दीपशिखा दाहाल, नेकपा एमाले लिखुतामाकोसी गाउँ कमिटीका सचिव समेत रहेका गाउँपालिकाका वडा नम्बर ७ का वडाअध्यक्ष सुवास बोहोरा र नेकपा माओवादी केन्द्रका अध्यक्ष धुव्र कार्कीलाई उच्च अदालतल पाटन निर्दोष ठहर गरेको छ । यसअघि काठमाडौं जिल्ला अदालतले गरेको फैसला बदर गर्दै उच्च अदालत तीनै जनालाई सफाइ दिने फैसला गरेको हो ।
गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले जिल्ला अदालतमा जबरजस्ती चन्दा असुलेको अभियोगमा दायर मुद्दामाथि सुनुवाई गर्दै गत वैशाख ९ गते जिल्ला न्यायधीश रामचन्द्र पौडेलको इजलासले उपाध्यक्ष दाहाल, बोहोरा र कार्कीलाई दोषी ठहर गर्दै जनही एक वर्ष कैद हुने फैसला सुनाएको थियो । तर आज उच्च चच्च अदालतका न्यायधीश श्रीमण कुमार गौतम र नरिश्वर भण्डारीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टयाउदै तीनै जनालाई सफाइ दिने फैसला गरेको छ ।
वडा अध्यक्ष बोहोराले ढिलै भएपनि आफूहरुले न्याय पाएको रामेछाप न्युजलाई बताए । उनले भने,‘झुट्टा मुद्दामा फसाउन अनेक षडयन्त्र गरेपनि न्यायलयले न्याय दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्