रामेछापमा सालकको शिकार बढ्यो, फेरि दुई भाई पक्राउ



७ पुस, रामेछाप ।
रामेछापमा संरक्षित सालकको शिकार गर्ने क्रम बढेको छ । रामेछाप जिल्लाभित्र पाइने सालक संरक्षित बन्यजन्तुभित्र परेपनि लुकीछिपी शिकार गर्ने क्रम बढेको हो । प्रहरीले यसअघि सदरमुकाम मन्थलीबाट ठूलो परिणामसहित सालकको खपटासहित पक्राउ गरेको घटना सेलाउन नपाउदै पुनः रामेछापका दुई जना पक्राउ परेका हुन् । मन्थली नगरपालिका–४ सालु च्याउकेठाँटीका २६ बर्षिय मनोज थापा र साहेी वडाका २१ बर्षिय अशोक थापालाई सालकको खपटा सहित मंगलवार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अवैध रुपमा लुकाई राखेको सालकको खपटाको बारेमा विशेष सूचनाको आधारमा दुई जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले उनीहरु सुत्ने कोठामा खोचतलास गर्ने क्रममा ३६६ ग्रामको सालकाको खपडा नियन्त्रणमा लिइएको बताए । उनका अनुसार आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय मन्थलीमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्