माओवादीको राष्ट्रिय सम्मलेनका लागि रामेछापबाट ७ जना प्रतिनिधि चयन (नामसहित)



८ पुस, रामेछाप ।
नेकपा माओवादी केन्द्रको यही पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको लागि रामेछापबाट सात जना प्रतिनिधि चयन गरेको छ । पार्टीको संगठित सदस्यको आधारमा रामेछापबाट सात जना प्रतिनिधि चयन भएका हुन् । रामेछापमा माओवादीको हाल कायम रहेको ९ हजार ४२४ संगठित सदस्यबाट सात जना प्रतिनिधि चयन भएका छन् । राष्ट्रिय सम्मेलनमाको लागि रामेछाप माओवादी केन्द्रका संयोजक मैन कुमार मोक्तान, माओवादीका नेता एवं संविधानसभाका सदस्यद्धय डिल्लीमान तामाङ र लक्ष्मी गुरुङ, नेता टंकलाल घिसिङ, प्रेम कुमार कार्की, सुनिता गौतम र मदन कालीकोटे रहेका छन् । राष्ट्रिय सम्मेलनमा सहभागी हुने सात जना प्रतिनिधिहरुको टुंगो लगाइएको जिल्ला संयोजक मैन कुमार मोक्तानले रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्