रामेछापमा १२ बर्षअघिकाे मृत्यु प्रकरणः बाबु छोरा जेलतिर, ज्वाला घरतिर



१० पुस, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित पिपलबोटमा १२ बर्ष अघि काभ्रे तेमाल गाउँपालिका–९ मेच्छेपौवाका निखिल भन्ने तिर्थमान दोङ (तामाङ)को हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका राकाथुमका दुई जनालाई जिल्ला अदालत रामेछापले पर्पुक्षको लागि जेल चलान गर्ने फैसला सुनाएको छ । राकाथुमका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङलाई अदालतले जेल चलान गर्ने फैसला गरेको हो ।

प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा ज्वाला भन्ने पदमवीर लामालाई पनि पक्राउ गरेको थियो । तर अदालतले ज्वालाई भने धरौटीमा छोडन आदेश दिएको छ । १२ बर्ष अघिको घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाको सक्रियतामा फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो ।

प्रहरीले गत मंसिर ११ गते ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङलाई फरक–फरक स्थानबाट पक्राउ गरेको थियो । प्रहरीले तीनै जनामाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय मार्फत रामेछाप जिल्ला अदालतमा कर्तव्य ज्यान अभियोग पत्र पेश गरेको थियो । उक्त अभियोग पत्रको आधारमा अदाnतले बाबु छोरालाई जेल पठाउने र ज्वालालाई धरौटीमा रिहा गर्न आदेश दिएको अदालत स्रोतले रामेछाप न्युजलाई बतायो ।

प्रतिक्रिया दिनुहोस्