माओवादीको महाधिवेशनमा रामेछापबाट ११ जना प्रतिनिधि सहभागी हुने (नामसहित)



१० पुस, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको भोलीबाट सुरु हुने आठौ राष्ट्रिय महाधिवेशनको लागि १५ सय भन्दा बढी केन्द्रीय प्रतिनिधिहरु सहभागी हुने भएका छन् । जस अन्तर्गत रामेछापबाट ११ जना केन्द्रीय प्रतिनिधि सहभागी हुने भएका छन् । केन्द्रीय सदस्यद्धय श्याम कुमार श्रेष्ठ र युवराज चौलागाई  महाधिवेशन आयोजक कमिटीमा रहेका छन् । दुवै जना स्वत: प्रतिनिधिकाे रुपमा सहभागी हुनेछन ।

त्यसैगरी यसअघि रामेछापबाट सहभागी हुने सात जना प्रतिनिधिहरुको नाम टुंगो लगाइसकेको छ । महाधिवशेनमा रामेछापबाट जिल्ला संयोजक मैन कुमार मोक्तान, संविधानसभाका सदस्यद्धय डिल्लीमान तामाङ, लक्ष्मी गुरुङ, टंकलाल घिसिङ, प्रेम कुमार कार्की, सुनिता गौतम र मदन कालिकोटे चयन भएका छन् । त्यसैगरी सुनापति गाउँपालिकाका अध्यक्ष एवं केन्द्रीय अनुशासन आयोगका सदस्य धावा लामा पनि प्रतिनिधिको रुपमा सहभागी हुनेछन ।

माओवादीले पूर्व विग्रेड कमाण्डर एवं दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानलाई पनि केन्द्रीय प्रतिनिधिको रुपमा चयन गरेको छ । योसँगै रामेछापबाट महाधिवेशनमा ११ जना प्रतिनिधि सहभागी हुने भएका छन् । जिल्ला संयोजक मैनकुमार मोक्तानले रामेछापबाट ११ जना महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुने रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्