एमाले रामेछापकाे जिल्ला अधिवेशनमा ६८२ जना प्रतिनिधि सहभागी हुने,नेताहरुकाे जिम्वारी ताेकियाे



१२ पुस, रामेछाप । नेकपा एमाले रामेछापको जिल्ला अधिवेशनमा ६८२ जना प्रतिनिधि सहभागी हुने भएका छन् । रामेछापको ६४ वटा वडा र विभिन्न विभाग र जनवर्गीय संगठनबाट गरी ६८२ जना प्रतिनिधि सहभागी हुने भएका हुन् । यही पुस २३ देखि २४ गते हुने एमालेको आठौ जिल्ला अधिवेशनको तयारीको लागि पार्टी नेताहरुको जिम्मेवारी तोकेको छ ।

एमालेले यही पुस १७ गते वडा कमिटीबाट प्रतिनिधि चयन गर्ने बताएको छ । अधिवेशनको लागि मुल व्यवस्थापन समितिको संयोजकमा जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र राजनीतिक एवं सांगठनिक प्रतिवेदन संयोजक शान्तिप्रसाद पौडेल र सदस्य प्रेम बहादुर तामाङ झम्क कडेल,आनन्द श्रेष्ठ रहेका छन् ।
यस्तो नेताहरुको जिम्मेवारी बाँडफाँड कसलाई कुन जिम्मेवारी ?

प्रतिक्रिया दिनुहोस्