रामेछापमा कांग्रेसका इकाई उपसभापति नै एमालेमा प्रवेश



२० पुस, रामेछाप ।
खाँडादेवी गाउँपालिका–८ गागल भदौरेका इकाई उपसभापति बद्री तामाङ कांग्रेस परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीसँगै इकाई सदस्य कृष्ण तामाङ पनि एमालेमा प्रवेश गरेका छन् । कांग्रेस परित्याग गरेका दुवै जनालाई नेकपा एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेल, जिल्ला अध्यक्ष शान्ति पौडेल एमालेका उपाध्यक्ष एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले संयुक्त रुपमा पार्टी प्रवेश गराएका हुन् ।


पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज ढुंगेलले देशको विकास गर्ने एक मात्र सच्चा पार्टी एमाले नै रहेको बताए । यसअघि बद्री तामाङ र सदस्य कृष्ण तामाङ एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए । उक्त कार्यक्रममा एमाले जिल्ला सचिव आनन्द श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख प्रेमबहादुर खड्का, जिल्ला कमिटी सदस्य इद्रबहादुर तामङ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्