प्रेम तामाङद्धारा अध्यक्षमा उम्मेदवारी दिने घोषणा
२२ पुस, रामेछाप ।
नेकपा एमाले रामेछापका उपाध्यक्ष प्रेम बहादुर तामाङले पार्टीको जिल्ला अध्यक्षमा उम्मदेवारी दिने घोषणा गरेका छन् । भोलीबाट सुरु हुने एमाले रामेछापको आठौं जिल्ला अधिवेशनमा उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । २०६५ सालमा उपसचिव रहेर काम गरेका तामाङ ०६९ बाट हालसम्म उपाध्यक्षको जिम्मेवारीमा रहेका छन् । उनले तत्कालिन एमाले दुई नम्बर क्षेत्रको क्षेत्रिय अध्यक्ष भएर पनि काम गरिसकेका छन् । हाल खाँडादेवी गाउँपालिकाका अध्यक्ष समेत रहेका तामाङ एमाले बागमती प्रदेश कमिटीका सदस्य समेत रहेका छन् । उनले पार्टीमा निरन्तरत रुपमा काम गर्दै आएको बताउदै एक कार्यकाल अध्यक्ष भएर जिल्लाको नेतृत्व गर्ने बताए ।