एमाले रामेछापको उपसचिवमा प्रकाश कार्कीको उम्मेदवारी घोषणा



२३ पुस, रामेछाप ।
नेकपा एमाले रामेछापको उपसचिवमा नेता प्रकाश कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । आजबाट सुरु भएको पार्टीको आठौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएसँगै कार्कीले उपसचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । अनेरास्ववियू रामेछापका पूर्व जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै हाल प्रचार विभाग प्रमुख तथा सचिवालय सदस्य रहेका कार्कीले पार्टीलाई थप सुदृढ गरेर लैजान उम्मेदवारी घोषणा गरेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्