एमाले रामेछापमा जुटेन सहमति, अगाडि बढयो निर्वाचन प्रक्रिया



२४ पुस, रामेछाप ।
नेकपा एमाले रामेछापको नयाँ नेतृत्वको लागि सुरु जारी बन्द सत्रमा सहमति जुटन नसकेपछि निर्वाचनको प्रक्रिया अगाडि बढेको छ । आज नेताहरुबीच सहमति गराउनने प्रयास भएपनि नेतृत्वका आकांक्षीहरुबीच सहमति जुटन नसकेपछि निर्वाचनको प्रक्रिया अगाडि बढेको हो । अधिवेशनका लागि निर्माण भएको निर्वाचन कमिटीले बन्दसत्र सकिएसँगै निर्वाचनको प्रक्रिया सुरु गरको छ ।

निर्वाचन कमिटीले दुई वटा नगरपालिका, ६ वटा गाउँपालिकाको ६४ वडा, विभिन्न विभाग र जनवर्गीय संगठनबाट गरी ८ सय १४ जना मतदाताको नामावली प्रकाशन गरेको छ । निर्वाचन कमिटीले शनिबार ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता, राती ८ बजेसम्म उम्मेदवारको नाम फिर्ता र राति ९ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सहमतिबाट नेतृत्व चयन हुन नसकेको अवस्थामा निर्वाचन कमिटीले आइतवार बिहान ९ बजेदेखि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । अध्यक्षको लागि प्रेम बहादुर तामाङ, आनन्द श्रेष्ठ, लव श्रेष्ठ लगायतले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्