एमाले रामेछापको उपसचिवमा चार जनाको उम्मेदवारी दर्ता
२४ पुस, रामेछाप ।
नेकपा एमाले रामेछापको नयाँ नेतृत्व चयनको लागि प्रक्रिया अगाडि बढेको छ । पदाधिकारीमा रोचक भिडन्त हुने भएको छ । सहमति जुटन नसकेपछि एमालेले निर्वाचनबाटै पदाधिकारीसहित जिल्ला कमिटीका सदस्यको चयन गर्ने भएको हो ।
एमालेको उपसचिवमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कमिटीका अनुसार उपसचिवमा प्रकाश कुमार कार्की, होतराज ढकाल, केशव प्रधान र चन्द्र बहादुर मानन्नधरले उम्मेदवारी दर्ता गराएका छन् ।