एमाले रामेछापको सचिवमा तीन जनाको उम्मेदवारी



२४ पुस, रामेछाप ।
एमाले रामेछापको सचिवमा तीन जनाको उम्मेदवारी परेको छ । आज साँझ दर्ता भएको उम्मेदवारीमा तीन जनाले सचिवमा उम्मेदवारी दिएका हुन् ।
सचिवमा उम्मेदवारी दिनेहरुमा गोपाल श्रेष्ठ, पुरुषोत्तम कडरिया र दुर्गा श्रेष्ठ रहेका छन् । पुरुषोत्तम र दुर्गा श्रेष्ठ लिखुतामाकोसी गाउँपालिका हुन भने गोपाल श्रेष्ठ मन्थली नगरपालिकाका हुन् । कडरिया तत्कालिन नेकपा हुँदा सचिव भएर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्