एमाले रामेछापको अध्यक्ष बाहेक अन्य सबै पदमा निर्वाचन सुरु



२५ पुस, रामेछाप ।
नेकपा एमाले रामेछापको अध्यक्ष बाहेक पदाधिकारी र जिल्ला कार्यसमितिको सदस्यको लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ । आनन्द श्रेष्ठ अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएसँगै अन्य पदमा पनि निर्वाचन कमिटीले निर्वाचन प्रक्रिया अगाडि बढाएको हो ।

उपाध्यक्षमा रमेश वाग्ले, इन्द्रबहादुर तामाङ, धु्रबकुमार कार्की, र सुमनकुमार लामा,सचिवमा पुरुषोत्तम कडरिया र गोपाल श्रेष्ठ, र उपसचिवमा प्रकाशकुमार कार्की, चन्द्रबहादुर मानन्धर, केशवकुमार प्रधान र होतराज ढकालबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी ९० खुल्ला सदस्यको लागि करिब २ सय जनाको उम्मेदवारी परेको छ । अहिलेबाट सुरु भएको मतदानमा ८ सय १४ जना मतदाता सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्