रामेछापमा एमालेको मतदान सकियो, भोली बिहानबाट गणना हुने



तस्बीरः सोनु रोका क्षेत्रीबाट

२५ पुस, रामेछाप ।
नेकपा एमाले रामेछापका अध्यक्ष बाहेक पदाधिकारी र जिल्ला कमिटीका सदस्यहरुको लागि भएको मतदान सम्पन्न भएको छ । चार पदाधिकारीसहित ६० भन्दा बढी खुल्ला सदस्यको लागि भएको मतदान भर्खरै सम्पन्न भएको हो ।

मतदान सम्पन्न भएसँगै निर्वाचन कमिटीले बुथ मुचुल्का उठाएर सुरक्षित स्थानमा भण्डारण गरेको छ । निर्वाचन कमिटीले भोली बिहानबाट मात्र मतगणना गर्ने जनाएको छ । कुल ८ सय १४ मतदाता मध्ये आज भएको निर्वाचनमा ७ सय ६१ जनाले मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्