रामेछापमा एमालेको पदाधिकारी र सदस्यको मतगणना सुरु हुँदै
२५ पुस, रामेछाप ।
नेकपा एमाले रामेछापको अध्यक्ष बाहेक पदाधिकारी र जिल्ला कमिटीको सदस्यको लागि भएको मतदान सकिएसँगै केहीबेरमा मतगणना सुरु हुने भएको छ । निर्वाचन कमिटीका अनुसार अहिले साढे १२ बजेदेखि मतगणना सुरु हुनेछ । कुल ८ सय १४ मतदाता मध्ये आज सम्पन्न निर्वाचनमा ७६१ जनाले मात्र मतदान गरेका छन् । सोमवार बिहानसम्म सबैको परिणाम आउने बताइएको छ । आज निर्वाचन हुनु अघि नै अध्यक्षका दुई जना प्रत्यासीले उम्मेदवारी फिर्ता लिएसँगै आनन्द श्रेष्ठ एमाले रामेछापको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका थिए ।