यी हुन एमाले रामेछापमा चुनाव जित्नेहरु, कसले कति मत पाए ? (नामसहित)



२६ पुस, रामेछाप ।
नकेपा एमाले रामेछापमा नयाँ नेतृत्वको लागि भएको चुनावबाट पदाधिकारी र जिल्ला कमिटीको सदस्यहरु निर्वाचित भएका छन् । अध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित हुँदा बाँकी रहेको पदाधिकारी र सदस्यको लागि चुनाव भएको थियो । चुनावबाट उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, सचिवमा पुरुषोत्तम कडरिया, उपसचिवद्धयमा प्रकाश कुमार कार्की र होतराज ढकाल विजयी भएका छन् । खुल्ला महिला सदस्यहरु सर्वसम्मत चयन हुँदा खुल्ला र भूगोलतर्फका पुरुषहरु भने चुनावबाट निर्वाचित भएका छन् । ९० पदको लागि भएको निर्वाचनमा सबैको परिणाम आएको छ ।

प्रतिक्रिया दिनुहोस्