एमाले जिल्ला कमिटीको सदस्यमा कार्की निर्वाचित



२६ पुस, रामेछाप ।
नेकपा एमालेको आठौ जिल्ला अधिवशेनबाट दिपेन्द्र कुमार कार्की जिल्ला कमिटीको सदस्यमा निर्वाचित भएका छन् । खुल्ला पुरुषतर्फ भएको चुनावी प्रतिस्पर्धामा कार्की निर्वाचित भएका हुन् ।
सुनापति गाउँपालिका–३ हिलेदेवी निवास युवा व्यवसायी कार्की यसअघि जिल्ला कमिटीको सल्लाहकार र बागमती प्रदेश निर्माण व्यवसायी संघको सदस्य समेत रहेका थिए । व्यवसायसँगै राजनीतिमा पनि अब कार्की सक्रिय हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्